Gold

चुडामणि शर्मासँग विशेष अदालतले माग्यो ५० लाख धरौटी

Naumule Migrate

काठमान्डौ- राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

शर्मा तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव रहँदा कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको आरोप लागेको थियो।

विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगको सदस्य हुँदा उनले विभिन्न करदाताको कर मिनाहा गर्दा बदनियतपूर्वक कर मिनाहा गरेको देखिएकाले निर्दोष हुन भन्ने नसकिने तर उनी भागीजाने वा प्रमाण नष्ट गर्न सक्नेसम्मको अवस्था पनि नदेखिएकोले धरौटी मागेको विषेश अदालतले जनाएको छ।

Naumule Badhipahiro