यी नै हुन् ७७ जना यात्रुलाई सकुशल बचाउने क्याप्टेन आङगेलु शेर्पा
काठमान्डौ- बुद्ध एयरको जहाज साइन नाइन एन-एएनआईका सिनियर क्याप्टेन आङगेलु शेर्पालाई चौतर्फी बधाईको ओईरो लागेको छ। उनलाई धेरैले हिरो अफ द डे घोषित गरेका छन्।
उनले बुद्ध एयरको जहाजलाई ठुलो दु’र्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने काम गरेको भन्दै बधाईको ओईरो लागेको छ। आज सोमबार बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो।
विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन: काठमाडौं फर्काइएको थियो। जहाज काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइ अलर्ट गरिएको थियो। काठमाडौंको आकाशमा जहाज करिब २ घण्टा फन्को मारेर अवतरण गरेको थियो।
सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए।
साइन नाइन एन-एएनआई उडान संख्या यु ४ ७०१ मा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ। जहाजमा समस्या आएपछि विराटनगरबाट काठमान्डौ आउँदा र दुई घण्टालामो आकासमा जहाजको फन्कोले यात्रुहरुमा बाँच्ने आश हराको थियो।
जहाजमा कोलाहल मच्चीएको थियो भने कतिले त् हजाजको ढोका खोलिदिनुस हाम्म फाल्छौ समेत भनेका थिए। तर पाईलट आङगेलु शेर्पाले कुनै ठुलो महानत पश्चात ७७ जनाको ज्यान सकुशल बचाउन सफल भएका हुन्। जहाजमा ७३ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको बुद्द एयरले जनाएको छ।