रुकुम पश्चिम नवराज विक सहित ६ जनाको हत्या घटनाको साक्षीको बकपत्र आजबाट सुरु

रुकुम पश्चिम -पश्चिम रुकुमको सोती घटनामा ६ जनाको ज्यान जाने गरि भएको घटनाको आजबाट साक्षीको बकपत्र सुरु हुँदै छ ।

जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने जानकारी दिए । आउँदो शुक्रबार सम्म बकपत्र सकिने उनले बताए।

गत वर्ष जेठ १० गते सोती गाउँमा सुस्मा मल्लल आफ्नी प्रेमिकालाई लिन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो । जाजरकोटको भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीको हत्या गरिएको थियो।

दलितले मल्ल थरकी छोरी ताकेको भन्दै चौरजहारी नगरपालिका वडान ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लले पुरा गाउँलाई बोलाएर ६ जनाको हत्या गरेका थिए।

घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका ८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको छ । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् भने ११ जना तारेखमा छुटेका छन्।

रुकुम सोती घटनाका दोषीलाई कारबाहीको माग गर्दै सुर्खेत गुर्भाकोटमा विरोध सभा