केपि ओलीको पार्टीलाई अबको चुनावमा टर्च बालेर खोज्नुपर्छ : नेपाल

कात्तिक १५ काठमान्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको चुनावमा केपि ओलीको पार्टीलाई टर्च बालेर खोज्नु पर्ने बताएका छन ।

अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको बताए । नेपाले भने हामीले आँट गरेर घोडामा सवार गरेका वाद्शाहलाई भुईमा पछारेका छौ । अहिले केपि ओली भुईमा पुगेका छन उनले भने ।

अहिले एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ । एमाले आफ्नै पार्टी भएपनि त्यहाँ नौ डिग्री स्केलको भुँइचालो आएको र घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी जम्माएको नेपालले बताए ।

यस्तै सूदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी पहिलो भएको र ओलीको पार्टी भुईँमा पछारिएको पनि उनले बताए । मालेमा विद्रोहको सुरुवात कर्णालीबाट भएको र दुई नम्बर प्रदेशमा पनि एमाले भन्दा आफूहरुको पार्टी ठूलो भएको उनले बताए ।

अहिले भर्खर बागमतीमा पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन । भोलिको चुनावमा केपी ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ ।