नेकपा एकीकृत समाजवादी बाँकेको अध्यक्षमा दिपक जीएम

काठमान्डौ – नेकपा (एकीकृत समाजवादी) बाँकेको अध्यक्षमा दिपक जीएम आउने भएका छन् ।

नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एसले नेतृत्व युवामा हस्तान्त्रण गर्ने योजना अनुसार बाँके जिल्लाको अध्यक्षको जिम्मेवारीमा नेता जीएम आउने भएका हुन् ।

एस पार्टी स्रोतका अनुसार जीएमलाई बाँकेको अध्यक्षको जिम्मेवारी दिने तयारी गरिएको हो ।

नेकपा हुँदै प्रतिगमनकारी केपी शर्मा ओलीविरुद्धको मोर्चामा सक्रिय भूमिका खेलेका जीएम अहिले युवा संघ नेपालका महासचिव समेत हुन् ।

तत्कालीन नेकपा हुँदा ओलीले प्रतिगमन तर्फ देशलाई धकेलेको आरोप लगाइरहेको प्रचण्ड-नेपाल पक्षमा उनी सक्रिय रुपमा आन्दोलनमा सरिक भएका थिए ।

यस्तो छ नेता जीएमको राजनीतिक यात्रा:

२०६२ सालमा प्रायु संघ क्षेत्रिय कमिटी सदस्य बनेका उनी सोहि वर्ष प्ररायु संघ जिल्ला कमिटि मनोनीत भएका थिए ।

२०६३ प्ररायु संघ बाँके जिल्ला अध्यक्ष बनेका उनी २०६५ प्ररायु संघ पुनः जिल्ला अध्यक्षमा दोहोरिएका थिए ।

२०६६ मा नेकपा एमालेको बाँके जिल्ला कमिटी सदस्यमा निर्वाचित बनेका उनी सोहि वर्ष युवा संघको केन्द्रिय सदस्य बनेका थिए ।

२०६९ युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य बनेका उनी २०७० मा पुनः नेकपा एमाले बाँके जिल्ला कमिटीमा निर्वाचित भएका थिए ।

२०७१ नेकपा एमाले ९ औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएका उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुँदै अहिले नेकपा एस निकट युवा संघको केन्द्रिय महासचिव हुन् ।

उनी नेकपा हुँदा वाईसीएल र युवा संघ एकता कार्यदल सदस्य समेत थिए । यसमा दुबै संगठनबाट २/२ जनाको प्रतिनिधित्व गराइएको थियो ।

यस्तै, उनी पार्टी सचिवालय सदस्य एवं मोर्चा फाँट प्रमुखको जिम्मेवारीमा समेत कार्यरत छन् ।