वामदेव गौतमका व्यापारिक साझेदार सुन व्यवसायी विमल पोदार ३३ किलो सुन तस्करी मा प्रकरण
तेत्तीस किलो सुन तस्करीबारे छानबीनका क्रममा पूर्वगृहमन्त्री वामदेव गौतमका व्यापारिक साझेदार सुन व्यवसायी विमल पोदार हिजो असार १० गते डिल्लीबजारबाट पक्राउ परेका छन् ।पोदारलाई प्रहरीले पक्राउ नगरोस् भनी पूर्वगृहमन्त्री गौतमले ठूलै कसरत गरेका थिए, तर उनको दाल गल्दै गलेन । ३३ किलो सुन तस्करी प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन् । राजनीतिक आडमा उनले आफूलाई हालसम्म सुरक्षित रहेको र कोही कसैले पनि पक्राउ गर्न नसक्ने बताउँदै आएका थिए ।
विवादास्पद व्यापारी दिपक मल्होत्राका खास मान्छे रहेका पोदारलाई जोगाउन पूर्व एमालेका नेताहरु ज्यान फालेर लागेका थिए । सरकारद्वारा गठित विशेष छानविन समितिले पोदारलाई नियन्त्रणमा लिएको हो । पोदारसँग समितिले बयान लिइरहेको छ ।
पोदार पक्राउ परेपछि पूर्वगृहमन्त्री गौतमले प्रहरीका उच्च अधिकारीलाई फोन गरेर राम्रो नभएको भन्दै आपत्ति जनाएको स्रोतको दाबी छ । सुनकाण्डमै यसअघि समातिएका बाजेको सेकुवाका मालिकलाई जोगाउन नेपाली काँग्रेसका नेताहरुबाट ठूलै चलेखल भएको पनि स्रोतले बताएको छ ।