आजदेखि धुम्म बादल फाट्यो तर मौसम बदली हुने

माघ ११,काठमान्डौ – केही दिन एता देखीएको मौसममा धुम्म बादालमा आज देखि हल्का सुधार भएको छ।

मौसममा आज सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभरको मौसम पूर्णरुपमा सफा हुने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर हिजोको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद्हरुले जनाएका छन।

lekbesi

आज पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने सम्भावना रहेको छ । त्यस्तै आज पहाडी केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको पनि सम्भावना छ ।

तराईका जिल्लामा भने अहिले धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु हट्न थाल्ने तर बेलुकीपख फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।