surkhet

श्रीमतीलाई मारेर घर भित्र खाडलमा पुरेको अवस्थामा शव फेला

surkhet

माघ ११,धनकुटा – श्रीमतीको हत्या गरेर घरभित्र गाडेको यस्तो अवस्थमा शव फेला परेको छ। धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको ह’त्या गरी पुरेको अवस्थामा घरभित्रै श’व फेला परेको छ ।

गत पुस १६ गते देखो हराईरहेकी उनलाई आफ्नै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले हत्या गरेर घरभित्र खाडल खनेर पुरेको अवस्थामा प्रहरीले फेला पारेको हो।

Gorkha

शरीरमा विभिन्न खालका चोटहरु रहेको र श’व गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए।

Dailekh

सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए। उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खो’जतलाश गरे पनि फेला पार्न सकेको थिएन ।
श्रीमतीको ह’त्या गरी घरभित्र श’व पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट पक्राउ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घरायसी विवादका कारण आफुले श्रीमतीको हत्या गरेको सीतारामले स्वीकार गरेका छन।

पक्राउ परेका उनलाई थप अनुसन्धान गरी कर्तव्य ज्या’न शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।

salyan