अब गाईको गोबर बेचेर पैसा कमाउन सकिने
बैशाख २१

काठमान्डौ – भारतले हालै कुवेतलाई १९२ मेट्रिक टन गाईको गोबर निर्यात गरेको छ, जुन जैविक खेतीमा प्रयोग हुनेछ।
यो पहिलो पटक हो जब भारतबाट देशी गाईको गोबर मुस्लिम बाहुल्य देश कुवेतमा निर्यात गरिएको छ।
कुवेतका कृषि वैज्ञानिकहरूले अनुसन्धान गर्दा पत्ता लगाए कि गाईको गोबरको पाउडर खजूरको बोटमा प्रयोग गर्दा फलको आकार र उत्पादन दुवैमा उल्लेखनीय वृद्धि हुने छ।

२०२३-२४ मा भारतले ३८६ करोड रुपैयाँको गोबर र गोबरजन्य उत्पादनहरू निर्यात गरेको हो।

निर्यात गर्ने प्रमुख देशहरूमा चीन, अमेरिका, नेपाल, कुवेत र संयुक्त अरब इमिरेट्स (UAE) छन्।
नेपालको सम्भावना:
नेपालमा करिब २०० गौशालाहरू छन् र करिब डेढ लाख गाईहरू रहेको अनुमान छ।
यदि गोबरलाई व्यवस्थित रूपमा संकलन, प्रशोधन र निर्यात गर्ने प्रणाली विकास गर्न सके नेपाल पनि जैविक मलको निर्यातकर्ता बन्ने र कृषिमा आम्दानीको नयाँ स्रोत खोल्न सकिने बताईएको छ।
पहिले फोहोर मानिने गाईको गोबर आज जैविक खेतीको अमूल्य सम्पत्ति बनेको छ। यस अवसरलाई सदुपयोग गर्दै, जैविक खेती र गोबरको मूल्यवर्धनमा ध्यान दिनु सबैको अबस्यक्ता रहेको जानकार बताउँछन।
