युट्युबरलाई मेनपावर सञ्चालकले निर्घात कुटे ३ घाईते

काठमाडौँ- काठमाडौको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले निर्घात कुटपिट गरेका छन।

वैदेशिक रोजगार सम्बन्धी विषयमा विवाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जाइलागेको र हात हालाहाल हुँदा ३ जना घाईते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।

कुटपिटबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका छन् ।

मेनपावरबाट पीडित भएकाहरूको साथमा युट्युबरहरु मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए ।

घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे कसैले उजुरी नगरेको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।

आज भोलि युट्युबरहरु मेनपावरबाट पीडित भएकाहरुलाई साथमा लैजाने र भिडियो बनाउने गरेको निकै देखिन्छ । यस्तै बेला मेनपावर संचालकले उनिहरीलाई कुटेको पाईन्छ ।