Gold

मानसिक सन्तुलन गुमाएका व्याक्तीको उद्दार गर्दै मेयर हस्त पुन

असार २०

Naumule Migrate

सुर्खेत  -गुर्भाकोट नगरपापालिकाक मेयर हस्त पुन विकास संगै पछिल्लो समयमा मानव उद्दार र सामाजिक काममा पनि अग्रसर   देखिन्छन् ।

मेयर पुनले हिजो मात्र र मानसिक समस्याले ग्रस्त पीडितलाई उद्दार गरि मानव सेवा आश्रम सुर्खेतमा पठाएका हुन।

गुर्भाकोट नगरपालिका–८ निवासी बिर्षबहादुर बिक (बनकारी) लाई नगर प्रमुख  हस्त पुनको विशेष पहलमा उद्धार गरी एम्बुलेन्समा राखेर मानव सेवा आश्रम सुर्खेतमा सुरक्षित रूपमा पठाईएको हो।

उनको अवस्था बारे जानकारी पाएपछि नगर प्रमुख पुनले तुरुन्तै मानवीय हस्तक्षेप गर्दै, नगरपालिका प्रशासन, स्थानीय प्रहरी र समुदायको सहकार्यमा उद्धार प्रक्रिया अघि बढाएका हुन।

बिर्ष बहादुर बिकलाई हिजो नै सुर्खेतस्थित मानव सेवा आश्रममा पु¥याइएको छ, । यो संगै उनलाई आवश्यक हेरचाह, औषधोपचार र सुरक्षित वातावरणमा जीवन बिताउने अवसर पाउने छन।

नगर प्रमुख पुनले यस कार्यलाई नागरिक प्रतिको सामाजिक उत्तरदायित्व र सहानुभूतिपूर्ण नेतृत्वको प्रतीक बताउँदै आए ।
कसैको जीवन पीडामा हुँदाखेरी नगरपालिका चुप बस्न सक्दैन। हामी नागरिकको सेवामा सधैं तयार छौं उनले भने।

जन्ताको नजरमा सधै विश्वासिलो र भरपर्दो नेता बनेका मेयर पुनको यो दोस्रो कार्यकाल हो।

Naumule Badhipahiro