surkhet

स्थानीय चुनाव गर्न १२ अर्ब रुपैयाँ खर्च हुने

surkhet

काठमाण्डाै – निर्वाचन आयोगले स्थानीय तहको चुनाव गर्नका लागि तयार रहेको बताएको छ ।
जसका लागि आयोगले स्थानीय तहको चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च हुने सरकारसंग माग गरेको छ।

सात सय ५३ वटै स्थानीय तहको चुनाव एकै चरणमा गर्दा झन्डै १२ अर्ब रुपैयाँ खर्च हुने आयोगका पदाधिकारीले बताएका हुन।

चुनावमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ ।
गत मङ्गलवार प्रधामन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते स्थानीय तहको चुनाव गर्नका लागि मिति प्रस्ताव गरेको आयोगले विज्ञप्ति निकालेर चुनाव गर्न तयार रहेको बताएको थियो।

Dailekh
Gorkha

सामान्यतयाः चुनाव गर्न एक सय २० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायतका काम निरन्तर भइरहेकाले आयोगले स्थानीय तहको चुनाव गर्न तयार रहेकाे विज्ञप्तिमा जनाएकाे छ ।

आयोगले स्थानीय तहको चुनाव एकै चरणमा गर्नु सकारात्मक रहेको पनि बताएको छ ।

२०७४ सालमा तीन चरणमा चुनाव गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ । यसपालि कोरोना भाइरसको जोखिम भएकाले पनि यसअघिको भन्दा खर्च बढ्ने आयोगको अनुमान छ ।

salyan