गठबन्धन टुटेपनि केही फरक पर्दैन तर एमसीसी पारित गर्दैनौ : खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै अवस्थामा एमसीसी पारित नहुने बताएका छन।
खनाले गठबन्धन टुटेपनि केही फरक नपर्ने बताए । एमसीसी पारित गर्न प्रधानमन्त्रीले ददाब दिन खोजे गठबन्धन नरहपनि सक्छ ।
गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जाने समेत बताए ।
नेपाली कांग्रेससँग गठबन्धन टुटेमा नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने पनि खनालले बताए ।