एमसीसी चुनावपछि सारौं : प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्ता सकिएको छ।

वालुवाटामा भएको छलफलमा एमसीसी र स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहायता परियोजना एमसीसी जसरी पनि पास गर्नुपर्ने भएकाले प्रचण्ड र ओलीलाई सहयोग गर्न आग्रह गरेका थिए।

प्रचण्डले आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव राखेका थिए। प्रतिपक्षी दलको समेत सहमतिमा चुनावपछि एमसिसी अघि बढाउँछौं भनेर एमसिसीलाई भन्नुपर्ने प्रस्ताव राखेको छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले गत असोजमा एमसिसीलाई पत्र लेख्दै ४ /५ महिनामा आफूहरूले एमसिसी संसदबाट पास गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

उनीहरूको प्रतिवद्धता अनुसार एमसिसीले जवाफी पत्र लेख्दै फेब्रुअरी २८ (फागुन १६) सम्म संसदबाट सम्झौता अनुमोदन नभए अर्को कदम चाल्ने बताएको छ। प्रधानमन्त्री देउवा र प्रचण्डले एमसिसीलाई ल्केह्को पत्र सार्वजानिक भएपछिद देश भर विरोध भईरहेको छ।