थप १३ सय ८६ जनामा कोरोना संक्रमण ११ जनाको मृत्यु

काठमाडौं- गत २४ घन्टामा नेपालभरीबाट थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना निको भएका छन् भन्ने ११ जनाले कोर्रोना संक्रमणबाट ज्यान गुमाएका छन्। आज्जको दिनसम्म नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।