surkhet

एमालेको संसदीय दलको बैठक सुरु

surkhet

काठमाण्डाै – प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको लगाईएको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भएको छ ।

हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने आवाज उठेको थियो ।

Dailekh
Gorkha

सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई प्रभावित पार्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्ने भन्दै बैठकमा उपस्तिथि एमालेका नेताहरुले बताएका थिए ।

प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा फैसला गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र मीरा खड्काविरुद्ध महाअभियोग लगाउनुपर्नेमा एमालेभित्र दबाब छ ।

यसबारे के गर्ने भन्नेबारे निर्णय नभएको र सबै घटनाक्रम बुझेर मात्रै संसदीय दलको बैठकले निर्णय गर्ने ती नेताको भनाइ छ ।
हिजो गठबंधनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाअभियोग दर्ता गरेको छ।

 

salyan