surkhet

एमसिसी खारेज नगरे देश सिरिया बन्छ : केसि

surkhet

फागुन २३, काठमान्डौ – राष्ट्रिय जनमुर्चाका अध्यक्ष चित्रबहादुर केसिले एमसिसी खारेज नगरे देश अफ्गानस्तान र सिरिया हुने बताएका छन ।

एमसिसी अनुमोदन खारेजको माग गर्दै छ दल दुई मोर्चाले गरेको प्रदर्शन कार्यक्रममा केसिले नेपालबाट एमसिसी खारेज नगरे नेपाल सिरिया बन्ने बताएका हुन।नेपालले अहिले सम्म थुप्रै देशबाट आर्थिक सहयोग लिएको तर हाल सम्म कुनै पनि देशको सहयोग संसदबाट पास नभएको समेत उनले बताए ।

Gorkha

यस्तै कुनै पनि देश्को निर्नायक त्यो देशका जन्ता भएको हुँदा एमसिसीको निर्णय पनि जन्ताले गर्न पाउनु केसिले बताए । यस्तै नेपाली काङ्ग्रेसले पहिलेनै एमसीसि पास गर्न खोजेको पनि उनले बताए ।

Dailekh

संसदबाट राता रात एमसिसी पास गरेर देश र जन्तालाई राष्ट्रघात गर्ने नेताहरूलाई पाखा लगाउने र एमसिसी खारेज गरेर छोड्ने केसिले बताए । सरकारले गत फागुन १५ गते एमसिसी संसदबाट अनुमोदन गरेको छ ।

एमसिसी अनुमोदन भएसंगै नेकपा माओवादी केन्द्र एकिकृत समाजवादी एमाले पार्टीमानै मत भेद चलेको छ भने जनमुर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लगिसकेको छ।एमसिसी अनुमोदन पछि विप्लव सहित छ पार्टी र दुई मोर्चाले सडक प्रदर्शन गरेका छन भने जन्ताले यी पार्टीलाई साथ दिएका छन।

 

salyan