जतिबेला पनि हाजिर हुनेगरी अभिनेत्री कार्कीलाई पतिको जिम्मा लगाइयो

काठमाडौं – नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई ढावा दिएको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोधपुछ गरेको छ।

अभिनेत्री कार्कीले क्रिप्टोकरेन्सीमा आफूले लागानी गरेको र अरुलाई पनि लगानी गर्न भान्दाई सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै केन्द्रीय अनुसन्धान व्युरोले उनलाई आज बोलाएको थियो।

घन्टौ सोधपुछ पछि अभिनेत्री कार्कीलाई उनका पति आयुषमान देजराज जोशीको जिम्मा लगाएको व्युरो प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए।

lekbesi

डीआइजी सिंहका अनुसार बोलाएको बखत हाजिर हुनेगरी उनलाई आयुषमानको जिम्मा लगाइएको हो। सोधपुछमा अभिनेत्री कार्कीले आफू स्वयं पीडित भएको बताइएकी छन्। आफ्नो तस्बिरको कसैले दुरुपयोग गरेको र आफ्नो क्रिप्टोकरेन्सीमा कुनै लगानी नभएको उनले बताइन।नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।