surkhet

गुर्भाकोट नगरपालिकामा नगर कमिटी एमालेमा समाहित भनेर गलत प्रचार

surkhet

चैत ६,सुर्खेत – गुर्भाकोट नगरपालिकामा नगर कमिटी एमालेमा समाहित भनेर गरिएको प्रचार बाजि गलत भएको पाईएको छ। सुर्खेतको गुर्भाकोट नगरपालीकामा आज नेकपा माओवादी केन्द्रले नगर स्तरिय राजनैतिक प्रशिक्षण कार्यक्रममा सम्पन्न गरेको छ।

यस्तै बेला एमालेले पनि सुर्खेतमा कार्यक्रम गरेको थियो। एमालेका कार्यकर्ताहरुले गुर्भाकोट नगर कमिटी एमालेमा समाहित भन्दै प्रचारबाजि गरिएको थिय।

Gorkha

नेकपा माअाेवादी केन्द्र गुर्भाकाेट नगरकमिटीकाे बैठक तथा भेला पार्टी केन्द्रीय सदस्य सल्यान सुर्खेत ईन्चार्ज एवं प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतकाे प्रमुख अतिथ्ता र सीता नेपालीको विशेष उपस्तिथिमा सम्पन्न भएको थियो।

Dailekh

कमिटीका सबै पदाधिकारी एवं १४ वटै वडाका अध्यक्षहरुकाे उपस्थितिमा शुरु । १४ वटै वडाका अध्यक्ष र कार्यकर्ताको बिशाल जमघटमा कार्यक्रम भएको छ। प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले कुनै पनि कार्यकर्ताहरु बिचल्ली नहुन आग्रह गरेका छन।

देश र जन्ताको लागि लडेको पार्टी गणतन्त्र स्थापना गर्ने पार्टी र कार्यकर्ता कहिले पनि हार नखाने समेत उनले बताए । अवसरवादले पार्टीमा आएका एक आधा व्याक्तीहरुले पार्टी छोडदैमा माओवादी नसकिने बस्नेतले बताए ।

salyan