Gold

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

बैशाख २९

Naumule Migrate

दाङ – नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। दाङको भालुबाङ प्रहरीले ६ घण्टापछि बास्तोलालाई छाडेको हो। पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । बास्तोला सहित उनका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई ६ घण्टा निगरानीमा राखेर बुटवलमा भएको बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहा गरिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बताए।

बास्तोला पक्राउ परेलगत्तै नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले षडयन्त्रपुर्ण गिरफ्तारि गरिएको र आफूहरुको चुनाव बहिस्कार गर्ने कुनै नीति नभएको उल्लेख गरेका छन्।

 

Naumule Badhipahiro