Gold

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा वेपत्ता भएकि बालिकाको शव खोज्दा अर्की महिलाको शव फेला

Naumule Migrate

जेठ १८ सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भेरी नदीमा वेपत्ता भएकि बालिकाको शव खोज्दा अर्को एक जनाको शव फेला परेको छ। कुपिण्डे नगरपालिका वडा नं. ३ पोखराकी अन्दाजी १२ वर्षीया गिता विक भेरी नदीमा पौडे खेल्ने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता भएकि थिइन्।

कारागाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा उनी भेरी नदीमा वेपत्ता भएकी हुन् । गीता वेपत्ता भएपछि प्रहरीले खोजतलास गरेको थियो।

गीतको खोजी गर्दा गाउँकै अन्दाजी ४० वर्षको पार्वती कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी सुमित खड्काले बताए । मृत भेटिएकी पार्वती पूर्व वडा सदस्यसमेत हुन् ।

श्रीमान वीरबल कामीको ३ वर्ष पहिला मृगौला रोगबाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमेको स्थानीय बताउछन। पार्वती घरबाट कहिले हराएकी हुन् भन्नेबारे एकीन छैनन् । उनको शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकमको भेरी नदीमा फेला परेको डीएसपी खड्काले बताए । वेपत्ता भएकि गीताको भने अझै शव फेला परेको छैन।

Naumule Badhipahiro