Gold

चितवनमा पत्रकारमाथी कुटपिट

Naumule Migrate

चितवन् – भरतपुरबाट सञ्चालन हुने नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि भरतपुर विद्युत् कार्यालयमा कुटपिट भएको छ ।

विद्युत् कार्यालयभित्र मदिरासहितको भोज भएको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि गएका बेलामा आफूमाथि कुटपिट भएको आचार्यले बताए ।

कार्यालयको मुख्य गेट बन्द गरेर लखेट्दै कुट्ने, लगाएको कपडा च्यात्ने र मोबाइल फोन समेत कार्यालयका कर्मचारीले कब्जा गरेको आचार्यको भनाइ छ ।

पत्रकार माथी कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखाले दोषीलाई कारबाही गर्न माग गरेको छ ।

महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि गएका बेलामा पत्रकारमाथि भएको कुटपिटमा संलग्न सबै दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउन माग गरिएको छ।

Naumule Badhipahiro