लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद अनुसंधान रिपोर्ट यस्तो आयो

काठमान्डौ – लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ ।

प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रका अनुसार प्रहरीले अहिले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ।

गायिका सुनार गत असार ११ मा नेपालटारस्थित डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । मृत्युको अनुसन्धान अधिकृतहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै संकेत देखिएको थिएन ।

तर राति कोठामा सँगै रहेका प्रेमी गोठाटारका सूर्य श्रेष्ठ फरार रहेको खुलेपछि घटना शंकास्पद बनेको थियो ।प्रहरी नियन्त्रणमा पुगेपछि उनले सुरुमा झुठो बयान दिएका थिए ।

पछि राति सँगै सुतेको सुनारलाई बिहान झुण्डिरहेको अवस्थामा देखेपछि निकालेको उनले बयान दिएका थिए ।

आत्तिएपछि आफू उनी झुण्डिएको सल लिएर भागेको बताएका थिए । उनकै बयानका आधारमा प्रहरीले हराएको सल पनि बरामद गरेको थियो ।

घटनास्थलको प्रकृति हेर्दा सुरुवात्मा शंकास्पद नदेखेको भन्दै प्रहरीले मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।

पोष्टमार्टम प्रतिवेदनले पनि घाँटीमा डोरी जस्तो वस्तुले थिचिएकै कारण मृत्यु भएको रिपोर्ट दिएको थियो । तर प्रतिवेदन आउन अगावै परिवारले श्रेष्ठविरुद्ध ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएको थियो ।

घटनाको राती १२ बजे तिर मृतक सुनारको फेसबुक आईडीमा आफू कारणले यस्तो कदम चालेको र मरेपछि पोस्टमापन पनि नगर्न भन्दै लेखीएको थियो ।

तर उनको मोबाईल भने नभएपछि घटना थप संकास्पद बन्दै गएको थियो । सुनारका प्रेमी श्रेष्ठ अहिले हिरासतमा छन । दुवै लामो समयदेखि प्रेममा थिए । भने श्रेष्ठलेले मृतक सुनारलाई पटक पटक टचर र यातना समेत दिने गरेको सुनारका भिडियोमा पिडा देखिन्छ ।

सुनारले चर्चित गायक गायिकासंग गीत गाइसकेकी छिन । उनी केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । मृतक सुनारको हत्यारालाई कारबाही गर्न लोक तथा दोहोरी गीत प्रतिस्ठानले आवाज उठाएको छ ।