आफू जन्मेको माटोको आवाज बोक्न गुल्मी आए : झाक्री

काठमान्डौ – नेकपा (एकीकृत समाजवादी)की सचिव पूर्वमन्त्री रामकुमारी झाँक्री आफू जन्मेको माटोको आवाज बोक्न गुल्मी आएको बताएकि छिन ।
हिजो गुल्मी क्षेत्र न २ बाट मनोनयन दर्ता गरेपछी झाक्रीले अब गुल्मीका जन्ता र विकासको जिम्मा आफ्नो रहेको बताईन।

यस्तै न्यायको तराजु जन्ताको हातमा रहेको पनि उनले बताईन। उनी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), जनमोर्चा सहितको संयुक्त गठबन्धनको तर्फबाट उमेदवार बनेकि हुन।

यस्तै सोहि क्षॆत्रबाट एमालेका सचिव गोकर्णराज विष्टले मनोनयन दर्ता गराएका छन्। बिष्टले गुल्मी २ बाट जित्त्दै आउने गरेको क्षेत्रमा यो पटक प्रतिस्पर्धा हुने छ।
