दोश्रो अन्तर्राष्ट्रिय तमू सम्मेलनका लागि विश्वभरका गुरुङ समुदाय सिक्किममा
असोज २७ सिक्किम – मंगलबारदेखि सुरु हुने दोश्रो अन्तर्राष्ट्रिय तमू सम्मेलनको तयारी पुरा भएको छ ।
भारतको सिक्किम स्थित देन्ताममा हुने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजक अन्तर्राष्ट्रिय तमू परिषद्ले जनाएको छ ।
असोज २५, २६ र २७ गते अर्थात २०२२ अक्टोबर ११–१२ र १३ गते सम्म चल्ने सम्मेलनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु सिक्किममा आइसकेका छन् ।
सम्मेलनमा तमू समुदायको भाषा, धर्म, संस्कार, संस्कृति, आर्थिक अवस्था, सामाजिक अवस्था, शैक्षिक स्थिति, विकास, पहिचान लगाएतको विषयमा व्यापक छलफल र बहस हुने सम्मेलन आयोजक अन्तर्राष्ट्रिय तमू परिषद्का अध्यक्ष कर्ण बहादुर गुरुङले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय तमू परिषदको आयोजनामा सिक्किममा हुने सम्मेलनको अखिल भारतीय गुरुङ तमू बौद्ध संगठनको संयोजकत्वमा र गुरुङ एसोशियशन अफ सिक्किमले व्यवस्थापन गर्ने छ ।
सम्मेलनको सिक्किमका मुख्य मन्त्री प्रेमसिंह गोलेले उद्घाटन गर्नुहुनेछ । यस अघि पहिलो सम्मेलन २०७६ साल असोज २४ र २५ अर्थात सन् २०१९ को अक्टोबर ११ र १२ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको थियो ।
उक्त सम्मेलनमा ५५ वटा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तमू संघ – संगठनहरुको सहभागीता रहेको थियो । तमू अन्र्तराष्ट्रिय सम्मेलन प्रत्येक ३÷३ वर्षमा हुनेछ ।