राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि भट्टराईलाई फिर्ता बोइलायो ,,

असार,२४ काठमाडौं – सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ ।उनलाई साउन १५ गतेभित्र नेपाल आउन निर्देशन दिइएको सञ्चारमन्त्री गोकुल बास्कोटोले जानकारी दिएका छन् ।बैठकले राजदूत नियुक्त गर्ने सम्वन्धी मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
यस्तै भारतीय साना विकास परियोजना कार्यान्वयनका लागि लागि कार्यान्वयन गर्ने निकाय र प्रक्रिया तोक्ने निर्णय भएको छ ।आइडिएबाट उर्जामा लगानी बनाउन र कार्यकुशलता सुधारमा बजेट सहायता स्वरुप उपलब्ध हुने करिव १० अर्ब ऋण स्वीकार गर्ने निर्णय पनि भएको छ ।मानवअधिकार आयोगले क्षतिपूर्ति निर्धारण गरी कार्यान्वयन गरेका ३३ जनालाई क्षतिपूर्ति दिने, नेपाल र साउदीबीच सहयोगसम्वन्धी समझदारी गर्ने निर्णय भएको छ ।
