रावलको आयोगलाई प्रश्न एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न नेपालको कानूनले दिन्छ कि नै

काठमान्डौ – नेकपा एमालेका नेता डा. भिम रावलले एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न नेपालको कानूनले दिन्छ कि नै भन्दै निर्वाचन आयोगलाई प्रश्न गरेका छन।

नेता रावलले समाजिक संजालमार्फत आयोगलाई प्रश्न गर्दै भनेका छन।निर्वाचन आयोगले स्वच्छ, मर्यादित र कानूनसम्मत चुनाव हुनुपर्छ भन्नु राम्रो कुरा हो ।

तर यसको सुनिश्चितता निर्वाचन आयोगले नै गर्नुपर्छ। प्रत्यक्ष तर्फका उम्मेदवार कमल थापा र हृदयश त्रिपाठी र समानुपातिक उम्मेदवार एकनाथ ढकालका अलग पार्टी छन् ।

अलग चुनाव चिन्हमा उठाइएका उम्मेदवारका आधिकारिकता सम्बन्धी पत्रमा निजहरुको पार्टी प्रमुखको हैसियतले हस्ताक्षर छ ।

तिनै व्यक्तिहरु नेकपा (एमाले)को उम्मेदवार पनि बनेका छन् । जनताको तर्फबाट निर्वाचन आयोगलाई प्रश्नः के एउटै व्यक्ति एउटै समयमा दुईटा पार्टीको नेता र उम्मेदवार बन्न नेपालको कानूनले दिन्छ?

यसो गर्न लोकतान्त्रिक मान्यताले दिन्छ? निर्वाचन आयोगमा एउटै व्यक्तिको नाम एउटा पार्टीको प्रमुख र अर्को पार्टीको उम्मेदवार बनेर अभिलेख राख्न मिल्छ?

सार्वजनिकरुपमा आएका कुराहरु समेत आयोगले जानकारीमा राख्नु पर्छ भने आयोगमा नै कुनै व्यक्ति दुई पार्टीको नेता हुँदा कानून र लोकतान्त्रिक मान्यता आकर्षित नहुने भए निर्वाचनको स्वच्छता, मर्यादा र कानूनको उल्लंघन त्यहीबाट शुरु हुँदैन र? जनताले स्पष्ट जवाफ चाहेका छन् ।