अभिनेता पल शाहले कारागारमा लगाए भाइटीका

काठमान्डौ – अभिनेता पल शाहले कारागारमा भाइटीका लगाएका छन् । एक गायिकाले शाहविरुद्द यौन दुर्व्यवहारको आरोप लगापछि उनी अहिले नवलपुर कारागारमा छन।

यौन दुर्व्यवहारको आरोपमा दुई वर्ष ६ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुखले जानकारी दिए ।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष ६ महिना कैद सुनाएको थियो ।

lekbesi

साथै, पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।फाईल तस्वीर