surkhet

पैसा बाड्दै गर्दा स्वतन्त्र उमेदवार पक्राउ

surkhet

जनकपुरधाम – महोत्तरीको क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जन डेढ लाख नगदसहित पक्राउ परेका छन्।
उनी चढेको गाडीमा  डेढ लाख नगद फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

महोत्तरी बर्दिवास नगरपालिका ११ खयरमारा स्थित पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार योन्जन चढेको गाडीबाट प्रहरीले डेढ लाख रुपैयाँ बरामद गरेको छ।

उम्मेदवार योन्जनले आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने हिसाबले पैसा बोकेर हिँडेको पाइएपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनिले जानकारी दिए।

Dailekh
Gorkha

शुक्रबार साँझ पाँचे टोलमा पुगेका योन्जनको गाडीबाट रकम फेला पारी बरामद गरिएको महोत्तरी प्रहरीले जनाएको छ।
बा १४ च ८८७४ नम्बरको स्कार्पियोमा अन्य व्यक्तिहरूलाई लिएर हिँडेका योन्जनसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ।

पाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।

खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

salyan