मौन अवधिमा पैसा बाँडेको आरोपमा एमाले उमेदवार पक्राउ

काठमान्डौ – मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं,५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ ।

निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका,६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् ।

lekbesi

पक्राउ परेका उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ ।

उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले उनीहरुको पिछा गरेको थियो ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।