काठमाडौंका मतपेटिका गणनास्थलतर्फ लगियो आजै गणना हुने

काठमान्डौ – काठमाडौंका मतदानस्थलबाट मतपेटिका संकलन सुरु गरिएको छ । बिहान ७ बजे देखि भएको मतदान आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लैजान थालिएको हो।

काठमाडौं क्षेत्र नं १ को मतपेटिका नयाँ बानेश्वरस्थित संसद भवनमा लैजान थालीएको छ। मतपेटिका हरुलाई शिलबन्दी गर्ने र गाडीमा राख्ने काम भईरहेको छ।

मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसेर सकेसम्म आजदेखि नै मतगणना गर्ने तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

संसद भवनस्थित मतगणनास्थलमा सीसी क्यामेरा र तारजाली लगाइएको छ। मतगणनाका लागि पूरा तयारी भएको निर्वाचना कार्यालयले जनाएको छ।

काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रविन्द्र मिश्र, पुकार बम, रमेश खरेल लगायत प्रतिस्पर्धामा रहेका छन्।