surkhet

आन्तरिक राजस्वका कर्मचारी हौ भन्दै नयाँ बस्पार्कमा ठगी गर्ने आठजना पक्राउ

surkhet

काठमाण्डाै – काठमाण्डाैकाे नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गर्ने आठ जना पक्राउ परेका छन् । आफू हरुलाई आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै ठगी गरिरहेको बेला प्रहरीले उनिहरुलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैले आज आइतवार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।

Dailekh
Gorkha

उनीहरूले आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटकाे कर्मचारी भएकाे भन्दै बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, पसलबाट रकम असुल गरेको पाइएको छ ।

पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटर प्याड, नगद रसिदसहित पाँच लाख आठ हजार छ सय ४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए ।
उनीहरूमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ भने अहिले पीडितहरूको उजुरी लिने काम भइरहेको प्रहरीले जनाएको छ।

salyan