बैंकका कर्मचारी किबोर्डमा निदाउदा ठूलो रकम अन्तै ट्रान्सफर
काठमाडौं – बैंकका कर्मचारी निन्द्रा नपुगेकै कारण काम गर्दा गर्दै किबोर्डमा निदाएपछी गल्तीले ठूलो रकम अन्तै ट्रान्सफर भएको छ।
सन् २०१३ मा जर्मनीमा घटेको यो ठूलो घटना हो । जर्मन बैंकका एक कर्मचारी काम गर्दा गर्दै कम्प्युटरको कीबोर्डमा निदाएछन। त्यसपछि उनको टाउकोले कीबोर्डको अङ्क दबेर बैंकबाट २२२ करोड २२ लाख बढी युरो ट्रान्सफर भयो ।
बैंकले एक अवकाश प्राप्त व्यक्तिलाई ६२.४० युरो (करिब आठ हजार ६३८ रुपैयाँ) ट्रान्सफर गर्नुपर्ने थियो । तर, बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा उनको टाउकोले अङ्क २ यति धेरै पटक टाइप भयो कि, ६२ युरो पठाउनुपर्नेमा २२ करोड २२ लाख २२ हजार २२२ युरो २२ सेन्ट ट्रान्सफल भयाे । जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा ३० अर्ब ६६ करोड बढी रुपैयाँ हुन आउँछ ।
त्यसलगतै बैंकले उक्त गल्ती पत्ता लगाई पैसा ट्रान्सफर गर्ने कर्मचारीलाई बर्खास्तमा गरेको थियो। उक्त मुद्दा अदालतमा पुगेपछि अदालतले कर्मचारीलाई पुनः काममा बहाल गर्न आदेश दिएको थियो ।एजेन्सी मंसिर २६
