अभिनेत्री मलाइका अरोडा छड्के तिलहरिमा
पुस २९
काठमान्डौ – बलिउड अभिनेत्री मलाइका अरोडा बिहीबार छड्के तिलहरीसहितका गहना लगाएर र्याम्पमा उत्रेकी छन् ।
नेपाल रत्न तथा आभुषण संघले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना गरेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा उनी शो स्टपर बनेकी हुन् ।
कार्यक्रम अघि मलाइकाले आफू नेपाली गहना र पहिरन लगाएर र्याम्प वक गर्न लागेकोमा निकै उत्साहित भएको बताएकी थिइन् ।
यस्तै उनले छोटो समयम नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन्।
ज्वेलरी फेसन शोमा मलाइका नेपाली डिजाइनरका पोशाक र गरगहनाका साथ र्याम्पमा उत्रिएकी छन्। घिउ रङको लेहेंगा सेटमा उनी हरियो छड्के तिलहरी लगाएर र्याम्पमा हिँडिन्।
त्यस्तै अभिनेत्री स्वस्तिमा खड्का र मोडलहरूले पनि र्याम्पमा नेपाली डिजाइनरका कपडा र गरगहना प्रस्तुत गरेका थिए।