Gold

केदारनाथम फेरि हेलिकोप्टर दुर्घटना पाँच जनाको मृत्यु

असार १

Naumule Migrate

काठमान्डौ – केदारनाथ नजिक गौरीकुण्डमा आइतबार बिहान करिब साढे पाँच बजे हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । मर्नेमध्ये एक जना नाबालक छन।

हेलिकप्टरमा सात जना सवार थिए । श्रद्धालुलाई केदारनाथ मन्दिरबाट गौरीकुण्ड लैजानका लागि हेलिकप्टर उडेको थियो ।

सुरुवाती जानकारी अनुसार मौसममा खराबी आएका कारण दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आर्यन एभिएसन कम्पनीको हेलिकप्टरमा उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका तीर्थालूहरु सवार थिए ।

Naumule Badhipahiro