वाईसीएल नेपालले प्रधानमन्त्रीलाई बुझायो पाँच बुदे ज्ञापन पत्र

फाल्गुन २३

काठमान्डौ – नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपाल संगठनले प्रधानमन्त्री र देश भरका प्रशासन प्रमुख सात प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

वाईसीएल नेपालले षड्यन्त्रकारी ,ब्यबस्था बिराेधि, अराजक ,अस्वभाविक गतिविधिहरुकाे नियन्त्रण गर्न र संबिधानकाे रक्षा , बिकास र ब्यबस्थाकाे सुदृढीकरणका सरकारलाई पाँच बुदे ज्ञापन पत्र बुझाएको हो ।

बिषय-: ज्ञापनपत्रबारे ।
नेपाल सरकार प्रधानमन्त्री कार्यलय सिहदरबार
मुलुक संबिधान सभाकाे निर्वाचन पश्चात नयाँ संबिधानकाे निर्माण , संबिधान अनुसार दाेश्राे पटककाे प्रतिनिधि तथा प्रदेस सभाकाे निर्वाचन २०७९ पनि सम्पन्न भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) काे नेतृत्वमा नयाँ सरकार निर्माण भइ यतिबेला देस राष्ट्रपतिकाे निर्वाचनकाे संघारमा छ । अहिले सरकारकाे प्रमुख दायित्व शान्ति , बिकास , समृद्धि र सुशासन कायम गर्नु हाे । गणतन्त्रलाई संस्थागत बिकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केहि अबान्छित तत्वहरु सक्रिय भइरहेकाे सन्दर्भमा हाम्राे संगठनकाे गम्भीर ध्यानाकर्षण भएकाे हुँदा याे ज्ञापनपत्र पेस गर्दछौं ।

१) नेपाली जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त संबिधान , संघिय लाेकतान्त्रिक गणतन्त्रका बिरुद्ध केही अमुक प्रतिगामी शक्तिहरुले केहि दिन यता अस्वभाविक तरिकाले गरिरहेकाे गतिविधिप्रति हाम्राे संगठनकाे गंभिरध्यानाकर्षण भएकाे छ । यस्ता षड्यन्त्रकारी , ब्यबस्था बिराेधि, अराजक ,अस्वभाविक गतिविधिहरुकाे नियन्त्रण गर्न र संबिधानकाे रक्षा , बिकास र ब्यबस्थाकाे सुदृढीकरणका लागि सरकार समक्ष जाेडदार माग गर्दछाै ।
२) देसमा शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी बिच भएका १२ बुदे समझदारी , बिस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायका बिरुद्ध भैरहेका चलखेल र षड्यन्त्रप्रति हाम्राे संगठनकाे गंभिरध्यानाकर्षण भएकाेछ । शान्तिप्रक्रियाका बाँकी कामहरूकाे निरुपण गर्न , द्वन्दकालिन घटनाबाट पिडित नागरिक एवम उनका परिवारलाई न्याय दिन आबश्यक बिधेयक निर्माण गरि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका ब्यक्तिकाे छानवीन सम्बन्धि आयोग गठन गरि संक्रमणकालिन न्यायका बारेमा मुलुकमा उठेका महत्त्वपूर्ण बिषयहरुकाे निरुपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई बिस्तृत शान्ति सम्झौता र संबिधानकाे भावना र मर्म अनुसार तार्किक निष्कर्षमा पुर्याउन नेपाल सरकार समक्ष जाेडदार माग गर्दछाै ।
३) जनयुद्ध , जनआन्दोलन , मधेस आन्दोलन लगायत ब्यबस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने याेद्धाहरुलाई राष्ट्रिय सहिद घाेषणा गर्न र तिनका परिवारहरु सम्मानित वातावरणमा बाँच्न सक्ने गरि उचित राहात , क्षतिपूर्ति र ब्यबस्थापनकाे लागि जाेडदार माग गर्दछौं ।
४) देस अर्थतन्त्रको चरम संकटमा छ ।जसका कारण साना ठुला उधाेगी ब्यापारीहरु दिनदिनै धरापमा परिरहेका छन र बिस्थापित भैरहेकाे अबस्था छ । बित्तिय संघ संस्थाहरुबाट निम्त्याएका समस्याहरु गम्भीर छन । ऋणिहरुलाई अनावश्यक दबाब सिर्जना गर्ने,घरबारविहीन बिहिन बनाउने ,आत्महत्या जस्ता जघन्य अपराधमा दुरुत्सान गर्ने कार्यहरु भैरहेको छ । साथै , अर्थतन्त्र संकटकाे यसघडिमा मिटरब्याजिहरु सल्बलाईरहेकाे अबस्थामा यिनकाे राेकथाम र नियन्त्रण गर्न र ओरालाे लागेकाे अर्थतन्त्रलाई मजबुत बनाउन तिब्र पहलकदमिकाे लागि नेपाल सरकार समक्ष जाेडदार माग गर्दछौं ।
५) नेपाल सरकारका विभिन्न निकायहरुबाट भैरहेका भ्रष्टाचार , घुसखाेरी, अनियमितता र ढिलासुस्तीहरुकाे राेकथाम र नियन्त्रण गरि देसमा शुसासन कायम गरि जनताको सरकारकाे रुपमा प्रत्याभूत दिलाउन नेपाल सरकार समक्ष जाेडदार माग गर्दछौं ।
धन्यवाद