बाहुबली अभिनेत्री तमन्ना नेपालमा

फाल्गुन २३

काठमाडौं – ‘बाहुबली’ फ्लिमकि अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् ।

भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् ।

तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’का दुबै श्रृंखलाले नेपालमा आक्रामक कमाइ गरेका थिए । ती फिल्ममा उनी अभिनेता प्रवासको अपोजिटमा देखिएकी थिइन् ।

 

lekbesi