Gold

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मन्त्री बन्न २ करोड मागेको अडियो सार्वजनिक

Naumule Migrate

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।

कुराकानीमा श्रेष्ठले भनेका छन आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि, साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।

सांसद श्रेष्ठले मन्त्री बने बापत पार्टीले पैसा मागेको उल्लेख गरे पनि कसले मागेको भन्ने खुलाएका छैनन। व्यवसायी प्रसाईंले यो पैसा पार्टी सभापति रवि लामिछानेलाई जान्छ कि जाँदैन भनेर सोध्दा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन।

‘रवि सर देखिनु भएको छैन, बाहिर दुई–तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन ।

फोन वार्तामा दुर्गा प्रसाईंले मन्त्री बनेपछि आफूलाई सहयोग गर्नुपर्ने र आफ्नो काम गरिदिनुपर्ने सर्त सांसद ढकालसँग राखेको सुनिन्छ । ‘यो दुई करोडको ग्यारेन्टी मैले गरिदिन्छु, तपाईँ पिर नगर्नुस्, तपाईँले दुई करोड पाउनुहुन्छ, तर तोशिमा कार्कीले तपाईँसँग लडाइँ त गर्दिनन् नि’, प्रसाईंले भन्नुभएको छ । तर ढ्कालले तोसिमाले केही नबोल्ने बताएका छन त्यस्तै तोसिमा कार्की मन्त्री भएपनि केही गर्न नस्स्क्ने समेत उनले बताएका छन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि कान्डै कान्डमा मुछिएका छन त्यही बेला उनको पार्टीबाट दुई करोड मागेको अडियो बाहिरिएपछी उक्त पार्टी समाप्त तिर लागेको छ।
यस्तै बैशाख १० को उपनिर्वाचनका लागि रवि लामिछाने चितवन २ मा भोट माग्ने गरेका छन तर जन्ताले उनलाई भोट नदिने बताईसकेका छन। चैत २६

 

 

 

Naumule Badhipahiro