Gold

आन्दोलनरत शिक्षक र सरकारबिच वार्ता सुरु

Naumule Migrate

काठमाडौं -सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता सुरु भएको हो ।

आन्दोलनरत शिक्षकहरु सहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल सुरु भएको छ।

बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो ।

आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान पनि मन्त्रीहरुसँग छलफल गरेका थिए ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । तीन दिन अघिबाट देशभरका शिक्षकहरु माईतीघरमा आन्दोलनरत छन।

Naumule Badhipahiro