Gold

रुकुम हत्या प्रकरण राष्ट्रपतिबाट गत ३ गते कैद मिनाह गरेका थिए

Naumule Migrate

काठमान्डौ – राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएका रुकुम पश्चिमका एक व्यक्तिले एक महिलाको हत्या गरेका छन्।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले जेलमुक्त भएको २५ दिनमा फेरि होटेलमा लगेर मुसीकोट नगरपालिका वडा नं –७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिएका छन् ।

उनलाई हिजो मात्र प्रहरीले भावना हत्या प्रकरणमा पक्राउ गरि सार्वजनिक गरेको हो। होटेल सत्कारमा उनले भावनाको घाँटी रेटेर हत्या गरेका थिए ।

यस्तै पछिल्लो चरणमा रुकुम हत्याको अखडा बनिरहेको पाईन्छ । यहाँ पटक पटक हत्याका घटना बाहिरिने गरेका छन।

कोल्ड ब्लडेड अपराधीहरू कहिल्यै सुध्रदैनन्। बरू जेलबाहिर आएपछि झन खतरनाक अपराधी हुन्छ। जेलभित्र उनीहरू स्वतन्त्र हुन्छन् र अरू अपराधीहरूसंग भेट भएर मित्रता गॉस्दै झन संगठित हुन पुग्छन्। परिवन्धले अपराध गरेका मात्र सुध्रन सक्छन्। यो कुरा रिसर्चले पुष्टि गरिसकेको हो। कार्तिक २

Naumule Badhipahiro