Gold

टिकटक खोल्ने कि नखोल्ने जन्ताबाट मलाई सुझाव चाहियो : प्रधानमन्त्री प्रचण्ड

Naumule Migrate

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भिडियो शेयरिङ एप टिकटक खोल्ने कि नखोल्ने भन्ने बारे जन्ताबाट सुझाव मागेका छन ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पादकहरूसँग हिजो सोमवार अन्तरक्रिया उनले चारै तिर प्रदेशबाटपनि टिकटक बन्द गर्नुपर्‍यो भन्ने आवाज आएपछि यो निर्णय गरिएको हो उनले भने ।

अहिले चौतर्फी विरोध जस्तो देख्छु तर धेरैले खुसी नै ब्यक्त गरेका छन। यसमा लागेको प्रतिबन्ध हटाउन सकिन्छ तर कसरी भन्ने कुरा जन्ताले नै मलाइ सुझाव दिनुपर्यो प्रचण्ड दाहालले भने ।

कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटक–पटक भन्नुभएको हो । बरु मैले त विवाद हुन्छ कि भनेर दुई/तीन महिना नै पर सारेको हो तर अहिलेलाई बन्द गरौँ भन्ने भएर गरिएको हो । तर यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदैछ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ उनले भने ।

टिकटकमा सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि सरकारले गएको कात्तिक २७ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।मंसिर १९

 

 

Naumule Badhipahiro