रुकुम चौरजहारी

चितवन घटना मृतक शालिनको बलात्कार नभएको रिपोर्ट

रुकुम आठ विसकोट

काठमान्डौ – चितवनको रत्नगर नगरपालिका- १० स्थित शिशु निकेतन स्कुलको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको रिपोर्ट आएको छ।

उनको झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका हुन ।

त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी उच्च स्रोतको भनाई छ।

आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको एक अधिकृतले बताए ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी श्रीराम भण्डारीले भने पोष्टमार्टमको प्रतिवेदन तयार भएकाले लिनलाई प्रहरी टोली काठमाडौं गएको बताए ।

स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा गत १२ फागुनमा उनको शव भेटिएको थियो । लगतै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

तर परिवारले बलात्कार पछि हत्या भएको शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो । यस्तै प्रहरी श्रोतका अनुसार फेला परेको सुसाईड नोट मृतक पोख्रेलले लेखेको हो वा होइन त्यो पनि जाच हुने बताएको छ।फागुन २०