रुकुम चौरजहारी

माओवादी पुर्व लडाकु पन्ध्रबर्षपछि प, क्राउ कारागार चलान

चैत २४

रुकुम आठ विसकोट

काठमान्डौ – माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमान्डौको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको ह,त्या आरोपमा प,क्राउ परेका माओवादी नेता कालीबहादुर खाम १५ बर्षपछि पक्राउ परेका थिए ।

चितवन जिल्ला अदालतमा हिजो र आज दुई दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएका हुन ।

व्यापारी श्रेष्ठको २०६५ सालको वैशाखमा चितवनकाे शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा ह,त्या भएको थियो ।

खामले घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका थिए । तर पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अहिलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

श्रेष्ठकी श्रीमती रमिलाले दिएको जाहेरीका आधारमा खामलाई हत मङगलबार पक्राउ गरिएको थियो।