रुकुम चौरजहारी

गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेले गरे डिभोर्स

चैत २६

रुकुम आठ विसकोट

काठमान्डौ – नेपाल आइडल पहिलो सिजनका फर्स्ट रनअरप गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेले डिभोर्स गरेका छन्।
अदालतमै पुगेर बिहे गरेका उनीहरूबीचको सम्बन्धमा समस्या आएपछि गत चैत ७ गते डिभोर्स भएको हो।

जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासमा यी दुई कलाकारको सम्बन्धबिच्छेद भएको हो।

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेका थिए ।

निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने उनी चल्तीका गायक पनि हुन् । ऋचा भने मोडलिङ पेसामा आबद्ध छिन् ।