कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त
चैत २८
काठमान्डौ – कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन।
प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन। कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का गरी २३ जना सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
कँडेललाई एमालेका ९ माओवादीका १३ र एकीकृत समाजवादीका एक जना सांसदले समर्थन गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना सांसदकाे समर्थन आवस्यक हुन्छ।
यसअघि माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनकाे समय दिएर दलहरूलाई आह्वान गरेका थिए ।
शर्माले विश्वासको मत लिने तयारी गरे पनि गठबन्धन दलहरूबीच भएकाे सहमतिअनुसार केन्द्रबाट माओवादी नेतृत्वले दबाब दिएपछि उनले राजिनामा दिएका थिए । फाईल तस्वीर