रुकुम चौरजहारी

श्रीमतीले ब**लात्कार र अप्राकृतिक मैथुनको मुद्दा दायर गरेपछि रवि ओड प्रहरी नियन्त्रणमा

वैशाख ३०

रुकुम आठ विसकोट

काठमान्डौ – श्रीमतीले वैवाहिक ब*लात्कार तथा अप्राकृतिक मैथुनसम्बन्धी मुद्दा दायर गरेपछि गायक रवि ओड चार देइनदेखि प्रहरी नियन्त्रणमामा छन।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण प**क्राउ परेका थिएनन् ।