रुकुम चौरजहारी

एमाले अध्यक्ष ओली निवासमा खटिएका सुरक्षा प्रमुखको मृत्युु घटना शंकास्पद

असार २२

रुकुम आठ विसकोट

काठमान्डौ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख उमेश थापाको ज्यान गएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा,९ गुण्डु बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा दरबन्दी भएका थापा अध्यक्ष ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखका रूपमा खटिएका थिए ।

सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षका थापा हिजो बेलुका खाना खाएर सुतेको र आज बिहान साढे ५ बजे अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजन कार्कीका अनुसार थापालाई तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो ।

घटनाकाे थप अनुसन्धान भइरहेको र शव पोस्टमाटर्मका लागि टिचिङ अस्पताल महाराजगञ्जकाे त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । केपि ओलीले केही दिन अगाडिमात्र सरकारलाई दिएको समर्थन फिर्ता लगेका थिए । यस्को केही दिनमा यो घटना घटेको शंकास्पद भएको धेरैले अनुमान गरेकाछन ।फाईल तस्वीर