काङ्ग्रेससंग आलो पालो गर्ने गरि ओली प्रधानमन्त्रीमा नियुक्त

काठमान्डौ – काङ्ग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई हिजो प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गरेका हुन।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । प्रधानमन्त्री बनेका ओलीको शपथ आज ११ बजे राष्ट्रपति कार्यलयमा हुने छ।

प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रपति कार्यालयले सङ्घीय सांसदहरूलाई निम्तोसमेत पठाएको छ ।

सबै सांसदहरूलाई बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्ने गरी सङ्घीय संसद्का महासचिवलाई कार्यालयले पत्र पठाएको हो ।

ओली अहिले चाैथाेपटक प्रधानमन्त्री बनेका छन। उनि पहिलो पटक २०७२ सालको असोज २४ गते र दोस्रोपटक २०७४ सालको फागुन ३ गते र तेस्राेपटक २०७८ सालकाे वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग सहकार्य भएसँगै ओली प्रधानमन्त्री बनेका हुन। अर्को चुनावसम्म एमाले र कांग्रेसले आधा- आधा समय सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । असार ३१

फाइल तस्वीर