Gold

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

Naumule Migrate

काठमान्डौ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ३४ रुपैँया २१ पैसा तोकिएको छ भने बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा तोकिएको छ ।

आज युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैँया १ पैसा र बिक्रीदर ९० रुपैँया ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया २५ पैसा र बिक्रीदर ९७ रुपैँया ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैँया ४२ पैसा र बिक्रीदर एक सय २ रुपैँया ८८ पैसा निर्धारण गरिएको छ । कार्तिक ५

 

Naumule Badhipahiro