अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि सवारीसाधन अवागमन बन्द
२७ साउन,आइतबार
कञ्चनपुरमा गए रातिदेखि परेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आइतबार दिउँसो १२ वजेपछि पुलमा चार पाङ्ग्रे सवारीसाधनको अवागमन बन्द गरेको हो ।
इलाका प्रहरी कार्यालय गडडाचौकीका प्रहरी नायब निरीक्षक डिकर देब पन्तले आवागमन बन्द गरिएको बताउँदै पैदल यात्रु र मोटरसाईकललाई भने चल्न दिएको जानकारी दिए ।
महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रहरी नायब निरीक्षक पन्तले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली नदीका पानीको बहाव बढेसँगै सुरक्षा निकायलाई उच्च सर्तकतामा राखेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रबत्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले जानकारी दिए ।
पुल पुरानो र जीर्ण भएका कारण १ लाख क्युसेक पानी पुगेसँगै भारतीय पक्षले पुलमा आवागमन बन्द गर्ने गरेको छ ।